काठमाडौं । नेपाली कला, साहित्य र राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तिहरू आज नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई पार्टीमा स्वागत गरेका छन् ।
माओवादी केन्द्रमा प्रवेश गर्नेहरूमा नेपाली कांग्रेस निकट सदस्य चन्दु गोर्खाली, चलचित्र निर्माता तथा अभिनेता सुरेन्द्र बराल, कांग्रेस निकट लेखक र पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष ऋषिप्रसाद लामिछाने ९गोर्खे साईंलो०, चलचित्र कलाकार केशर विषी, भीमबहादुर मगर, तथा एमालेका पूर्व निर्वाचित वडा अध्यक्ष रामेछाप नगरपालिकाका नेता रहेका छन् ।
अध्यक्ष प्रचण्डले नवप्रवेशीलाई स्वागत गर्दै भने, ‘बधाई छ र पार्टी तथा आन्दोलनमा स्वागत गर्न चाहन्छु। अहिलेको परिवर्तन किन आयो भन्ने कुरा जनतालाई थाहा छ। यदि हामीले त्याग, समर्पण र संघर्ष नगरेको भए यो परिवर्तन सम्भव हुने थिएन।यो परिर्वतनलाई जनताको पक्षमा काम गर्नका लागि तपाईहरुको पार्टी प्रवेशले योगदान दिने छ ।’
माओवादी केन्द्रको पहल र संर्घषका कारण स्थापित परिर्वतन सबैलाई थाहा भएको भए पनि माओवादी र प्रचण्डको उचाइ बढ्छ भनेर केही मान्छेहरु त्यसका विरुद्ध गतिविधि गर्ने गरेको उनले बताए ।
उनले भने, ‘केही मान्छे माओवादी र प्रचण्डको उचाइ बढ्छ भनेर चिन्तित छन्, तर हामीले तीनपटक सरकारको नेतृत्व गर्दा देशको ऐतिहासिक रूपान्तरणमा निर्णायक पहलकदमी लिएका छौं। हाम्रो संकल्प नेपाली समाजको नयाँ खाका कोर्नु हो, जुन माओवादीसँग मात्रै सम्भव छ।’
संस्कृति र कलाको महत्त्वमाथि प्रकाश पार्दै प्रचण्डले भने, ‘प्रधानमन्त्री हुँदा मेरो नेतृत्वको सरकारले गरेको पहलले सांस्कृतिक क्षेत्रलाई टेवा पु¥याएको छ। संस्कृतिमा शक्ति हुन्छ, यही मान्यतामा आधारित भएर कलाकारहरुलाई पार्टीमा समायोजन गर्ने प्रक्रिया अघि बढाइएको हो। बदलिएको परिस्थितिमा फेरि पनि कलाकर्मीहरुलाई पार्टीमा जोड्नुपर्ने आवश्यकता महसुस गरिएको छ।’
कार्यक्रममा बोल्दै नवप्रवेशी चन्दु गोर्खालीले भने, ‘म २०२२ सालदेखि कांग्रेस पार्टीमा क्रियाशील थिएँ। आन्दोलनका उतारचढावहरू देखेँ तर कांग्रेस पार्टीका पछिल्ला गतिविधिहरू आत्मसात गर्न सकिनँ। त्यसैले जनताको पक्षमा काम गर्न माओवादी केन्द्र रोजेको हुँ।’
सो अवसरमा पार्टीले आगामी दिनमा अझ धेरै क्षेत्रका व्यक्तिहरूलाई संगठित गर्ने र कलाकर्मी, साहित्यकार, संस्कृतिकर्मीहरूको योगदानलाई संस्थागत रूप दिन पहल गर्ने अध्यक्ष प्रचण्डले जानकारी दिए ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend