Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • निहुरो टिप्न गएका व्यक्तिमाथि कुटपिट गरेको भन्दै सैनिक व्यारेकअगाडि प्रदर्शन


    शुक्रबार, साउन २ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सैनिकको कुटाइबाट नेचर गाइड घाइते भएपछि आक्रोशित स्थानीय बासिन्दाले सौराहास्थित सेनाको व्यारेकअगाडि प्रदर्शन गरेका छन्।

    बिहीबार चितवन राष्ट्रिय निकुञ्जभित्र गुलेली र विषालु च्याउसहित समातिएका एक जना नेचर गाइड सैनिकको कुटपिटबाट घाइते भएका थिए।

    कानुनअनुसार कारबाही गर्नुपर्नेमा कुटपिट गरेर गम्भीर घाइते बनाएको भन्दै स्थानीय बासिन्दाले निकुञ्ज सुरक्षार्थ तैनाथ नयाँ गोरख गणअन्तर्गत सौराहास्थित गुल्म अगाडि प्रदर्शन गरेका हुन्।

    उनीहरुले निहुरो टिप्न गएको व्यक्तिमाथि कुटपिट गरिएको आरोप लगाएका छन्। सैनिक स्रोत भने सौराहानजिकै खोरसोर क्षेत्रबाट नेचर गाइड गोविन्द राउत शंकास्पद अवस्थामा पक्राउ परेको दाबी गगरेको छ ।

    रत्ननगर नगरपालिका ७ का राउत दुधौरा पोष्टबाट गस्तीमा रहेका सैनिकहरूको कुटपिटबाट उनी घाइते भएका थिए।
    राउतको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार