Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • अल्फाबिटासहितका कन्सलटेन्सीमा बाणिज्य बिभागको निरीक्षण, ३ दिनभित्र उपस्थित हुन निर्देशन


    बिहिबार, साउन १ २०८२
    2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । बिभागले बिहीबार पनि शैक्षिक कन्सलटेन्सीहरुको निरीक्षण तथा अनुगमन गरेको छ । केही कन्सलटेन्सीलाई जरिवाना समेत तिराएको छ ।

    एस. एस. एजुकेशन सोलुसन सर्भिस प्रा लि, ललितपुर वडा नं. ५ लाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८(ट) बमोजिमको कसुर र सोही ऐनको दफा ३९ को १९(घ) बमोजिम ५१ हजार रुपैयाँ जरिवाना गरेको छ ।

    द्विराज शर्मा शिवाकोटी संचालक रहेका अल्फाबिटा इन्ष्टिच्यूट प्रालि कामनपा १० र आई.डी.पी. एजुकेशन प्रालि काठमाडौं १ मा पनि बिभागले अनुगमन गरी ३ दिनभित्र ब्यवसायसँग सम्बन्धित कागजात लिएर उपस्थित हुन निर्देशन दिएको छ ।

    त्यसैगरी थ्री सिक्स्टी एजुकेशन सोलुसन कामनपा १०, द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी काठमाडौं १०, वेलनेस अर्गानिक क्लब प्रा.लि.कामनपा २, डाँफे लिंक प्रालि काठमाडौं १ को अनुगमन गरी ३ दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार