Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • आर्थिक वर्षको पहिलो दिन सुनचाँदीकै भाउ बढ्यो, तोलाको कति पुग्यो ?


    बिहिबार, साउन १ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौ । नेपाली बजारमा आर्थिक वर्ष २०८२/०८३ को पहिलो दिन आज सुनचाँदीको भाउ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज साउनको पहिलो दिन असार ३२ गतेको तुलनामा सुनको भाउ तोलामा ३ सय र चाँदीको भाउ ५ रुपैयाँले बढेको हो ।

    जसअनुसार आज छापावाल सुनको मूल्य १ लाख ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसअघि हिजो सुन तोलामा १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै हिजो २ हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २ हजार २६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    सुनचाँदीमा आजैदेखि २ प्रतिशत विलासिता कर पनि लागू भएको छ । तर, उक्त करको व्यवसायीले विरोध गर्दै आएका छन्

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार