Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेपालफेसको समाचारप्रति राजेश श्रेष्ठको खण्डन


    बुधबार, असार ३२ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • म राजेश श्रेष्ठ, यस पत्रमार्फत् नेपाल फेस समाचार पत्रिका द्वारा प्रकाशित २०८२ सालको असार २९ को ‘प्रहरी सेटिङमा जुवा अखडा चलाउँदै खरानी समूह’ शीर्षकका समाचारको सम्बन्धमा खण्डन गर्न चाहन्छु ।

    उक्त समाचारमा मेरो नाम जोडेर, म जुवा खेलाउने वा सञ्चालकको समूहसँग कुनै पनि सम्बन्ध राख्दछु भन्ने गलत आरोप लगाइएको छ, जुन पूर्ण रूपमा असत्य र निराधार छ । समाचारमा उल्लेख गरिएको जुवा खेलाउने गतिविधिहरूमा मेरो कुनै पनि संलग्नता छैन । मैले न त कहिल्यै जुवा खेलाएको छु, न त कुनै जुवा खेलाउने क्रियाकलापमा संलग्न भएको छु ।

    म यस विषयमा पूर्ण रूपमा अनविज्ञ छु र मेरो नामको दुरुपयोग गरिएको छ। मेरो बारेमा फैलाइएको असत्य समाचारले मेरो प्रतिष्ठामा गम्भीर नकरात्मक असर पुर्याएको छ । मैले समाचारको सन्दर्भमा तहाँ मिडियालाई यो खण्डनलाई उपयुक्त स्थान दिन र मेरो नामसँग जोडिएका सबै गलत जानकारीलाई सच्याउनको लागि अनुरोध गर्दछु ।

    यस आरोपको कुनै कानूनी आधार छैन र यसले मलाई व्यक्तिगत र व्यवसायिक दृष्टिले क्षति पुर्याएको छ । भविष्यमा यस्ता एक पक्षिय आरोपको पुनरावृत्ति नगर्नको लागि म मिडियालाई जानकारी गराउन चाहन्छु । साथै यस खण्डनको प्रकाशन गरिदिनुहुन अनुरोध गर्दछु ।

    राजेश श्रेष्ठ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार