Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्लाहीमा निर्माणाधीन सडकको खाल्डोमा डुबेर बालकको मृत्यु


    बुधबार, असार ३२ २०८२
    815
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम । सर्लाहीमा सडक निर्माणको लागि जेसिवीले खनेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।

    सर्लाहीको हरिपुर नगरपालिका-१ जानकीनगर टोल बस्ने दिनेश यादवका ६ वर्षीय छोरा सुशान्त यादवको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मंगलबार बिहान १० बजेदेखि खेल्दाखेल्दै बालक बेपत्ता भएका थिए ।

    खोजतलासको क्रममा घरबाट अन्दाजी पाँचसय मिटर दक्षिणपूर्वमा सडक निर्माणको लागि जेसिवीले खनेको खाल्डोमा जमेको पानीमा राति ११ बजेतिर बालक मृत फेला परेको थियो ।

    घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार