Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेमा मेरो जिम्मेवारी पार्टीको कमिटीले निर्णय गर्छ: विद्यादेवी भण्डारी


    मंगलबार, असार ३१ २०८२
    980
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको विधान महाधिवेशनमा आफ्नो उपस्थित कुन रुपमा हुने भन्ने निर्णय पार्टीको केन्द्रीय कमिटीले गर्ने बताएकी छन् ।

    मदन भण्डारी फाउन्डेसनले उनको जन्म ७५औं जयन्ती मनाउने मनाउने विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

    उनले भनिन्– ‘मेरो उपस्थिति उहाँहरूले कसरी गराउनुहुन्छ केन्द्रीय कमिटीले निर्णय गर्ने कुरा हो। प्रतिनिधि वा आमन्त्रित सदस्यको रुपमा केमा बोलाउनुहुन्छ ।’

    पूर्व राष्ट्रपति भण्डारीले संसद विघटन तत्कालीन सरकारको निर्णय कार्यान्वयन गरिएको बताएकी छन् । भण्डारीले आफ्नो कार्यकालमा दुईपटक संसद् विघटन भएको विषयले आफूलाई पछ्याइरहेको बताएकी छन् ।

    भण्डारी राष्ट्रपति भएको बेला दुई पटक संसद् विघटन भएको थियो । २०७७ पुस ५ र २०७८ जेठमा संसद् विघटन भएको थियो । सोही विषयमा सोधिएको प्रश्नमा उनले भनिन्, ‘संसद विघटन त्यसअघि पनि भएको इतिहास नेपालमा छ’, उनको भनाइ थियो, ‘दबाब होइन, संवैधानिक विधि र व्यवस्थाअनुसार मन्त्रिपरिषद्को सिफारिसमा संसद् विघटन गरेकी हुँ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार