Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • ठेकदार भेटवालविरुद्ध उजुरी दिने राजकुमार बराल नै मिटरब्याज प्रकरणमा पक्राउ


    मंगलबार, असार ३१ २०८२
    900
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । करोडौं रकम मिटरब्याजमा लगाएको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंले सिन्धुली घर भएका राजकुमार बराललाई पक्राउ गरेको हो।

    बरालले धेरै व्यक्तिलाई महंगो ब्याजमा करोडौं लगानी गरेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो। उनलाई अपराधिक लाभ मुद्दामा सोमबार डिल्लीबजारबाट पक्राउ गरिएको परिसरका एक अधिकारीले बताए।

    प्रहरी स्रोतका अनुसार बरालले केही समय अगाडि ठेकदार मनोज भेटवालविरुद्ध उजुरी दिएका थिए। सोही आधारमा भेटवाल पक्राउ परे।

    पछि भेटवालले आफुलाई बरालले नै मिटरब्याजमा पैसा लगाएको बताउदै बरालविरुद्ध मिटरब्याजको उजुरी दिएपछि बराल यतीबेला पक्राउ परेका हुन् ।

    उता भेटवाल भने छुटिसकेका छन्। बरालले भेटवालविरुद्ध करिब १० करोड रुपैयाँको चेक बाउन्स मुद्दा हालेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार