Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेप्सेमा दोहोरो अङ्कको गिरावट


    सोमबार, असार ३० २०८२
    655
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्ला ३ कारोबार दिनदेखि निरन्तर बढिरहेको नेप्से आज घटेर बन्द भएको हो ।

    सोमबार नेप्से परिसूचक ३५.०९ अंक घटेर २७२५.७१ विन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ६.८३ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स २.६८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५२ अङ्क घटेको छ ।

    नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतबार करिब साढे ११ अर्ब रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३२१ स्टकको ७२ हजार ६०१ पटकको कारोबारमा ८ अर्ब १७ करोड २१ लाख ४३ हजार रुपैयाँबराबरको २ करोड ११ लाख २ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार