जाकार्ता । इन्डोनेसियाको उच्च अदालतले लागुऔषध तस्करीको आरोपमा तीन भारतीय नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
यसरी मृत्यु दण्डको भागी हुने भारतीय नागरिकहरूमा राजु मुथुकुमारन, सेल्वादुराई दिनाकरण र गोविन्दसामी विमलकन्दन रहेका छन ।
यो निर्णय गत २० जुन २०२५ मा दिइएको थियो, त्यसपछि भारतीय पक्षले यस विषयमा आपत्ति जनाउँदै सजायँ रोक्नका लागि पहल गरिरहेको छ ।
इन्डोनेसियाका लागि भारतीय राजदूत सन्दीप चक्रवर्तीले एक आधिकारिक विज्ञप्तिमा भनेका छन, ‘हामी इन्डोनेसियाको न्याय प्रणालीमा विश्वस्त छौं, तर यस मामलामा प्रमाणहरू पूर्ण रूपमा अनुसन्धान गरिएको छैन, मृत्युदण्ड ‘रेरेस्ट’ मुद्दामा मात्रै दिनुपर्छ।’
इन्डोनेसियाको रियाउ टापु नजिकै १४ जुलाई २०२४ मा तीन जना भारतीयहरूलाई पक्राउ गरिएको थियो। तान्जुङ बलाई करीमुन जिल्ला अदालतले यसअघि उनलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो, जसलाई अहिले उच्च अदालतले पनि सदर गरेको हो ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend