काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई घुस प्रकरणमा मुछिएपछि प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाइएको छ । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली झापा भ्रमणबाट फर्किएलगत्तै गुप्तालाई भेटवार्ताका लागि बोलाइएको हो ।
कर्मचारी सरुवा र भूमि आयोगको पदस्थापनमा ५३ लाख रुपैयाँ घुस लिएको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ता गम्भीर विवादमा तानिएका छन्। सो अडियो र अन्य प्रमाणसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि छानबिन सुरु भएको हो।
गुप्ताको छ महिनाअघि भएको भनिएको घुस लेनदेनसम्बन्धी अडियो र दस्तावेज हालै सार्वजनिक भएका छन् ।
करीब १० मिनेट लामो उक्त अडियोमा, मन्त्री गुप्ता एक महिलासहित बिचौलियासँग मालपोत कार्यालय प्रमुखको थमौती र भूमि आयोग कास्की अध्यक्ष नियुक्तिका लागि आर्थिक लेनदेनको कुरा गर्दै गरेको स्पष्ट सुनिन्छ।
घुस डिलमा एमाले गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनको नामसमेत जोडिएको छ।
विवादास्पद अडियो प्रकरणले संघीय संसदमा समेत प्रवेश पाइसकेको छ। संसदीय बैंचमा गुप्ताको राजीनामाको माग उठिरहेको बेला प्रधानमन्त्री ओलीले पनि ‘कारबाही प्रक्रिया अघि बढाउने’ संकेत दिएका छन् ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन्। काठमाडौँ जिल्ला अदालतले तामाङसँग २२...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend