काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा नयाँ विवाद देखा परेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवक्ता सगुनसुन्दर लावती र अनुशासन समिति अध्यक्ष नवराज सुवेदीलाई हटाएपछि पार्टीभित्र असन्तुष्टि देखा परेको हो।
असार २५ गते अध्यक्ष लिङ्देनले लावतीलाई प्रवक्ताबाट पदमुक्त गरेका थिए भने सोही दिन अनुशासन समिति अध्यक्षमा उपाध्यक्ष रोशन कार्कीलाई मनोनीत गरेका थिए। यसअघि राप्रपा अनुशासन समिति अध्यक्ष नवराज सुवेदी थिए।
उनले आफू संयोजक घोषणा गर्दा राप्रपाको साधारण सदस्य पनि नरहेको घोषणा गरेका थिए। उक्त अभियानमा राप्रपा प्रवक्ता लावती पनि सक्रिय थिए।
त्यसैले राप्रपा अध्यक्ष लिङ्देनले लावतीलाई प्रवक्ताबाट पदमुक्त गरेका थिए भने सुवेदीको ठाउँमा अनुशासन समिति अध्यक्षमा कार्कीलाई मनोनीत गरेका थिए। तर अध्यक्ष लिङ्देनको यो निर्णय विधानसम्मत नभएको भन्दै पार्टीभित्र असन्तुष्टि चुलिएको छ।
महामन्त्री धवल शम्शेर राणासहितले अध्यक्ष लिङ्देनको निर्णय विधानविपरीत भएको उल्लेख गरेका छन्। उनीहरूले शनिबार काठमाडौंमा भेलासमेत गरेका थिए।
उक्त भेलाले अध्यक्ष लिङ्देनको निर्णय विधानविपरीत रहेको भन्दै निर्वाचन आयोगमा ध्यानाकर्षण गराउने निर्णय गरेको थियो।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend