काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण रोक्न आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् ।
शुक्रवार विज्ञप्ति जारी गर्दै उनले एनपीएलको दोस्रो संस्करण आयोजक संस्था नेपाल क्रिकेट सङ्घ (क्यान) मार्फत नियमअनुसार सञ्चालन हुने अपेक्षा रहेको बताए । उनले आफूमाथि प्रतियोगिता रोक्न संलग्न भएको भनी गरिएको प्रचारप्रति असन्तुष्टि व्यक्त गरे ।
‘एनपीएलको दोस्रो संस्करण क्यानबाट नियमसंगत रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ । यसलाई रोक्न मेरो कुनै संलग्नता छैन भन्ने गलत प्रचार गरिएको छ,’ मन्त्री चौधरीले भने । एनपीएलको पहिलो संस्करणको आर्थिक कारोबारलगायतका विषयमा उठेका प्रश्नहरूलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत फागुन १२ गते उजुरी परेको थियो।
उक्त उजुरीको आधारमा मन्त्री चौधरीले दुई दिनपछि मन्त्रीस्तरीय निर्णयमार्फत छानबिन कार्यदल गठन गरेका थिए। उनले कार्यदलले असार २५ गते प्रतिवेदन बुझाइसकेको र मन्त्रालयले त्यसको अध्ययन गरी कार्यान्वयन प्रक्रिया अघि बढाउने जानकारी दिए ।
यद्यपि, बिहीबार कार्यदलकी संयोजक रञ्जना प्रधानले राजीनामा दिएकी थिइन् । मन्त्री चौधरीले यो विषयलाई अनावश्यक रूपमा अतिरञ्जित गरिएको दाबी गरे । उनले एनपीएलको आगामी संस्करण निरन्तरताको पक्षमा कार्यदलको प्रतिवेदनमा समेत उल्लेख भएको बताए । ‘गलत प्रचारले क्रिकेटप्रेमी, खेलाडी र टिमको मनोबल कमजोर बनाउँछ। त्यसैले यस्ता गलत प्रचार नगर्न सबैमा अनुरोध गर्छु,’ उनले भने । साथै, खेलकुद सङ्घ र महासङ्घको आर्थिक तथा प्रशासनिक गतिविधि पारदर्शी र कानुनसम्मत हुनुपर्नेमा उनले जोड दिए ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend