काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वमाओवादी घटकहरू एक ठाउँमा हुनुपर्ने बताएका छन्। माओवादी आन्दोलन सफल भएको दाबी गर्दै भट्टराईले नेताहरू फुटेकाले आन्दोलन कमजोर भएको र फेरि एक भए ठीक हुने निष्कर्ष निकाल्दै गरिने टिप्पणीलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका हुन्।
डा.भट्टराईले आज सामाजिक सञ्जालमा लामो स्टाटससँगै मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रामबहादुर थापा ‘बादल’सँगको फोटो पोस्ट गर्दै माओवादी आन्दोलन पुनर्गठनको रूपरेखा अगाडि सारेका हुन् ।
‘माओवादी आन्दोलनसँग जोडिएका तर अहिले विभिन्न धारमा छरिएका साथीहरूबीच एउटा सोँच पछिल्लो चरणमा निकै झाँगिदै गएको प्रतीत हुन्छ- ‘नेताहरू फुटेकाले आन्दोलन कमजोर भयो। त्यसैले सबै जना फेरि एकजुट हुनसके सबैथोक ठीक हुन्छ।’ यो एकदम पवित्र तर बालसुलभ बुझाइ र सोंच हो,’ उनले भने, ‘यसबारे तथ्य र तर्कसहित प्रष्ट पार्न ठूलै ठेली आवश्यक पर्छ। जुन समयक्रममा हुँदै जाला।’
भट्टराईले नेपालको माओवादी आन्दोलन सफल कि असफल?, माओवादी आन्दोलनलाई अब कसरी पुनर्गठित गर्ने ?, तत्कालीन माओवादीमा कहाँ कहाँ गलत भयो भन्ने प्रश्न र जवाफ उल्लेख गरेका छन्।
‘राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति र शक्ति सन्तुलनको ठीक मूल्यांकन गरेर शान्तिप्रक्रियामा आइसकेपछि पनि मुख्य नेतृत्वमा रहेका प्रचण्डको पटकपटकको ढुलमुले र मौकापरस्त अडान र नीतिले गर्दा आन्दोलनमा सम्भावित थप उपलब्धि हासिल गर्न हामी चुक्यौँ,’ उनले भने, ‘पहिलो, २०६४ श्रावणको काठमाडौँ बालाजु भेलारबैठकमा प्रचण्डले प्रयोग गरेको र पार्टीभित्र जिब्रोमा गडेको ‘मुखमा संविधानसभाको निर्वाचन, मनमा सशस्त्र विद्रोहुको दोधारे कुराले पार्टीमा तलसम्म गहीरो विभाजन ल्यायो, जनसमुदायमा समेत भ्रम छर्यो र पार्टीलाई पछिसम्म अपूरणीय क्षति पुर्यायो।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend