Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • काठमाडौँ महानगरको बजेट सीमा २५ अर्ब


    शुक्रबार, असार २७ २०८२
    850
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौँ महानगरपालिकाले २५ अर्बको सीमामा रहेर आगामी आर्थिक वर्ष ०८२/०८३ को बजेट ल्याउने भएको छ।

    महानगर प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा शुक्रबार बसेको राजश्व परामर्श समितिको बैठकले बजेटको सीमा निर्धारण गरेको हो।

    बैठकमा मेयर शाहले जनचाहना अनुरुप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिए।

    चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णय समेत गरेको छ।

    आजै बस्ने ४० औँ नगरकार्यपालिका बैठकले बजेट ल्याउने मिति तय गर्नेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार