काठमाडौं । जनमत पार्टीले आफ्ना दुई नेतालाई स्पष्टीकरण सोधेको छ । गैरआवासीय मधेसी संघका पूर्वसंयोजक तथा केन्द्रीय कार्यकारिणी सदस्य शम्भु नाथ साह (धनुषा) र केन्द्रीय सदस्य वीरेन्द्र साह सोनार (रौतहट) स्पष्टीकरण सोधिएको पार्टीका प्रवक्ता शरद्सिंह यादवले बताए ।
उनका अनुसार दुवै नेताले पार्टीको हितविपरीत कार्य गरेको ठहर गर्दै केन्द्रीय अनुशासन समितिले बिहीबार ७ दिनभित्र जबाफ दिनेगरी स्पष्टीकरण सोधेको हो ।
वीरेन्द्रको हकमा केही दिनदेखि सामाजिक सञ्जालहरूमा पार्टी निर्णयको विरोध गरेको उल्लेख छ । उनीमाथि जनमत पार्टीको नीति निर्देशन र पार्टीको विधान विपरीत ढङ्गले अनुशासनहीनता प्रदर्शन गरेको, पार्टीको निर्देशन तथा पार्टीको अहित हुने कार्यमा संलग्न भएको आरोप लगाइएको छ ।
यस्तै, अर्का नेता शम्भुनाथको हकमा पनि सोही आरोप लगाइएको छ । उनले पार्टी विधानको धारा ३९ (क)को उपधारा २,३,४,५,१० र १५ आकर्षित भएको उल्लेख छ ।
अनुशासन समितिका संयोजक नरेन्द्रप्रसाद चौधरीद्वारा हस्ताक्षरित स्पष्टीकरणमा भनिएको छ, ‘तपाईंलाई किन कारबाही नहुनु पर्ने हो भनी ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नु हुन अनुरोध छ ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend