काठमाडौँ । भोटेकोशीमा आएको बाढीमा फसेका चार सय ८५ जनाको उद्धार भएको छ।
असार २४ गते राति भोटेकोशीमा आएको बाढीका कारण पूर्ण रूपमा बन्द भएको स्याफ्रुबेशी र रसुवागढी सडक खण्ड सशस्त्र प्रहरीसहितको सुरक्षाकर्मीले अस्थायी पदमार्ग बनाएर अलपत्र परेका स्थानीयलाई उद्धार गरेको हो।
बिहीबार दिउँसोसम्ममा चार सय ८५ जनालाई उद्धार गरेर सुरक्षाकासाथ गन्तव्यतर्फ पुर्याएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका भन्सार कार्यालय यार्डमा फसेका दुई वटा कन्टेनर र एक इभी गाडीलाई सुरक्षित स्थानमा सारिएको छ।
भोटेकोशी नदीमाआ एको बाढीले तीन सुरक्षाकर्मीसहित १४ जना नेपाली र ६ जना चिनियाँ नागरिक बेपत्ता भएका छन्। हालसम्म चार जनाको शव फेला परेको छ। प्रहरीले अन्य पाँच वटा मानव अंग मात्र फेला परेको छ। फेला परेको शवमध्ये एक शवको मात्र पहिचान हुन सकेको छ। अन्य शव र मानव अंग त्रिवि शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ।
तिब्बतको ल्हेन्दे खोलामा आएको लेदोसहितको बाढी भोटेकोशीमा मिसिदा रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका–२ रसुवागढीमा रहेको नेपाल-चीन जोड्ने पुलमा समेत क्षति पुर्याएको छ। नेपाल-चीन भन्सार नाका जोड्ने बाटो अवरुद्ध भएको छ। उक्त क्षेत्रमा विद्युत्समेत अवरुद्ध छ।
उद्धारको लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय सर्वसाधारण समेत खटिएका छन्। नेपाली ५० जना, चिनियाँ नागरिक एक जना भारतीय नागरिक चार गरेर ५५ जनाको असार २४ गते सकुशल उद्धार गरिएको थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend