Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कला क्षेत्रको साइबर अपराध हेर्ने ‘फोकल पर्सन’ तोक्न गृहमन्त्रीको निर्देशन


    बिहिबार, असार २६ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । गीतसंगीत र कला क्षेत्रमा हुने साइबर अपराध र विकृति रोक्न प्रहरीको साइबर ब्युरोमा ‘फोकल पर्सन’ तोकिने भएको छ ।

    आज (बिहीबार) दिउँसो मन्त्रालयमा पुगेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको डेलिगेसन टोलीलाई गृहमन्त्री रमेश लेखकले उक्त जानकारी दिएका हुन् ।

    सो अवसरमा उपस्थित प्रहरी महानिरीक्षक दीपक थापा र साइबर ब्युरो प्रमुख तथा प्रहरी नायव महानिरीक्षक नबीन्द अर्याललाई गृहमन्त्री लेखकले ब्युरोमा फोकस पर्सन तोकेर काम अघि बढाउन निर्देशन दिए ।

    गृहमन्त्री लेखकले सामाजिक सञ्जाल र डिजिटल प्लाटफर्ममा हुने विकृति र त्यसको रोकथामको लागि निष्कर्षसहित अघि बढ्ने बताए ।

    प्रहरी महानिरीक्षक थापाले यस्तो समस्या आए प्रहरीमा उजुरी दिन आग्रह गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार