Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • २५.८९ अङ्कले बढ्यो नेप्से परिसूचक


    बिहिबार, असार २६ २०८२
    870
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार बुधवार बढेर बन्द भएको नेप्सेले बिहीबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

    बिहीबार नेप्से परिसूचक २५.८९ अङ्क बढेर २७३१.८० विन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ७.५५ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स २.२७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६७ अङ्क बढेको छ । यो अङ्क २८ फागुनयताकै उच्च हो । सो दिन २७३६ अङ्कमा रहेको बजार त्यसयता २७३० भन्दा तल रहँदै आएको थियो ।

    नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बुधवार करिब साढे ७ अर्बको सेयर खरिदबिक्री भएको बजारमा ३१२ स्टकको ८८ हजार ६१५ पटकको कारोबारमा ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार रुपैयाँबराबरको २ करोड ६४ लाख ७० हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार