Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • चीनमा हिमताल विस्फोटबाटै रसुवामा बाढी आएको पुष्टि


    बिहिबार, असार २६ २०८२
    920
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले चीनमा हिमताल विस्फोटबाटै असार २४ गते रसुवामा बाढी आएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको जनाएको छ ।

    महाशाखाले बाढीबारे अपडेट सार्वजनिक गर्दै हिमताल विस्फोटबाटै बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको हो । यस सम्बन्धमा चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा गरिएको पनि महाशाखाले जनाएको छ ।

    ‘आगामी दिनमा भू–उपग्रह मार्फत प्राप्त हुन सक्ने अन्य तस्बिरहरूले समेत थप पुस्ट्याइँ दिन सक्नेछ’, महाशाखाले भनेको छ । चीनको लेन्दे खोला हुँदै नेपालको भोटेकोशी नदीमा आएको बाढीले ठुलो जनधनको क्षति गरेको थियो । बाढीमा १९ जना बेपत्ता भएका छन् भने हालसम्म ९ जनाको शव भेटिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार