Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • रास्वपा र राप्रपाद्वारा आजपनि संसद बैठक बहिस्कार


    बुधबार, असार २५ २०८२
    745
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि प्रतिनिसभा बैठक बहिस्कार गरेका छन् ।

    बैठक सुरु हुनासाथ रास्वपाका सांसद सोविता गौतमले भिजिट भिसा प्रकरण छानबिनका लागि उच्चस्तरीय आयोग वा संसदीय छानबिन समिति गठन नभएसम्म सदनको बैठक बहिस्कार जारी रहने बताइन् ।

    ‘नागरिक बेचिने र मुलुकको छविमा आँच आउने विषयमा पनि स्वार्थ बाझिने, आफू मातहतको र कनिष्ठ कर्मचारी सम्मिलित टालटुले प्रशासनिक समिति बनाएर झेली खेल खेलेको छ’, उनले भनिन्, ‘हाम्रो कुरा सरकारले नसुनेका कारण निरन्तर संसद् बहिस्कार गरिरहेका छौँ ।’

    राप्रपाका सांसद अनिशा नेपालीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरिएको भए पनि सामान्य समिति गठन गरेर आलटाल गरेको भन्दै आपत्ति जनाइन् । उच्चस्तरीय छानबिन आयोग नबनेसम्म राप्रापाले संसद् बैठक बहिस्कार गर्ने जानकारी दिइन् ।

    उनले देशका विभिन्न स्थानमा प्राकृतिक विपदबाट ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्दै विपद् प्रभावित नागरिकलाई उचित राहत दिन सरकारको ध्यानाकर्षण गराइन् ।

    रास्वपा र राप्रपाका तर्फबाट गौतम र नेपालीले आ–आफ्ना धारणा राखेपछि दुई दलका सांसदहरु बैठककक्षबाट बाहिरिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार