झापा । झापामा सामूहिक कुटपिटबाट एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–४ भाङवारी घर भई हाल वडा नम्बर ८ शनिश्चरे क्याम्पस नजिक बस्ने २२ वर्षीया गंगा राई रहेकी छन्।
आफ्ना श्रीमान् गंगाको कोठामा गएको झोकमा सुस्मिता भुसालले साथी भेला गराई सामूहिक कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मंगलबार राति भोजपुरको रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठे घर भई अर्जुनधारा–८ बस्ने विश्व चौधरीको घरमा डेरा गरी बस्ने ३२ वर्षीया सुस्मिताले सोही ठाउँका ५४ वर्षीया मैया श्रेष्ठ,३८ वर्षीया बबिता विक,२४ वर्षीया मेनुका पाँचकोटे र ६० वर्षीया नर्बदा सुनदासलाई बोलाएर गंगामाथि कुटपिट गराएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घाइते राईलाई शंकर अस्पताल शनिश्चरेमा सामान्य उपचारपश्चात् थप उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको थियो। उनको उपचारको क्रममा सोही अस्पतालमा आज बिहान सवा १ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।
प्रहरीले कुटपिट घटनामा संलग्न ५ जना महिला र सुस्मिताका श्रीमान् रमेश भुसाल समेतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend