Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भोटेकोसी बाढीमा बेपत्ता हुनेको संख्या २० पुग्यो


    मंगलबार, असार २४ २०८२
    970
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । भोटेकोसी बाढीमा बेपत्ता हुनेको संख्या २० पुगेको प्रहरीले जनाएको छ । पछिल्लो अपडेटअनुसार गोरखाका २ जना पनि सम्पर्कबिहीन भएको जानकारी आएकाले बेपत्ताको संख्या २० पुगेको रसुवा प्रहरीले जनाएको हो।

    गोरखाको पालुङ्टा नगरपालिका ६ का डीलबहादुर तामाङ र धनबहादुर तामाङ पनि बेपत्ता भएका हुन्। यसअघि सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार भन्सार यार्डमा काम गर्नेमध्ये ९ नेपाली र ६ जना चिनियाँ गरी १५ जना सम्पर्कविहीन थिए।

    चीन हुँदै भोटेकोसी नदीमा आन बिहान आएको बाढीमा फसेका ५५ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उनीहरूको उद्धार गरिएको हो। उद्धार गरिएकामध्ये ५१ जना पुरुष र ४ जना महिला छन्।

    यस्तै उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत ३ जना प्रहरी कर्मचारी पनि बाढीमा बेपत्ता छन्। यस्तै, बाढीले रसुवागढीमा १०० वटा भन्दाधेरै गाडी बगाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार