काठमाडौँ । प्रतिनिधिसभा सदस्य प्रतिमा गौतमले जापानको भिसा पाइसकेका नेपाली प्रशिक्षार्थी कामदारहरूलाई नेपालमै फेरि अनधिकृत भाषा परीक्षा दिन बाध्य पारिने घटनामाथि संसदमा गम्भीर आपत्ति जनाएकी छन्।
प्रतिनिधिसभाको बैठकमा सभामुखको ध्यानाकर्षण गराउँदै सांसद गौतमले जान नामक संस्थामार्फत विगत १५ वर्षदेखि चलिरहेको सिन्डिकेटको तथ्य मिडियामार्फत उजागर भएको बताइन्। उनले भनिन्, ‘सरकारको पटक–पटक ध्यानाकर्षण गरिए पनि सुनुवाइ र सुधार भएको छैन। अहिले अधिकारवादीहरुले मुद्दा सर्वोच्च अदालतमा दायर गरेका छन् र कारण देखाउ आदेश जारी भइसकेको छ।’
जापान जान भाषा परीक्षा पास गरी सीओई पाइसकेका युवाहरु अहिले नेपालमै रोकिएर अनावश्यक दोस्रो परीक्षा दिन बाध्य भएको उनले बताइन्। ‘भविष्य बनाउने आशामा लाखौँ रुपैयाँ खर्च गरेका ती युवाहरू आज हतास, निराश र आक्रोशित छन्,’ गौतमको भनाइ थियो, ‘उनीहरूको आत्मबल कमजोर पारिएको छ, भविष्यमाथि प्रश्न उठाइएको छ।’
सांसद गौतमले सरकारसँग अनधिकृत सिन्डिकेट तुरुन्त खारेज गर्न, यसमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न र वैदेशिक रोजगार प्रक्रिया पारदर्शी, प्रभावकारी र युवामैत्री बनाउने व्यवस्था गर्न माग गरिन्।
‘हजारौँ युवाको रोजगारीको सपनामा सरकार टुलुटुलु हेरेर बर्बाद गर्न मिल्दैन,’ उनले चेतावनी दिइन।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend