Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • नाउपाले फिर्ता लियो मधेस सरकारलाई दिएको समर्थन


    मंगलबार, असार २४ २०८२
    935
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम । नागरिक उन्मुक्ति पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

    मधेश प्रदेशमा नागरिक उन्मुक्तिबाट समानुपातिक सांसद उर्मिला देवी सिंह छिन् ।

    आज बसेको प्रदेश सभा बैठकमै उनले बजेटमा बिचौलिया हाबी भएको बताउँदै आफूसँग प्रमाण रहेको दाबी गरिन् ।

    उनले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको बारे सदनलाई जानकारी समेत गराइन्।

    मधेशमा जनमतका सतिशकुमार सिंह नेतृत्वको सरकार बन्दा नागरिक उन्मुक्ति पार्टीले समेत समर्थन गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार