Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • सर्वोच्चका नवनियुक्त न्यायाधीशहरुले लिए शपथ


    मंगलबार, असार २४ २०८२
    680
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त तीन जना न्यायाधीशले शपथ ग्रहण गरेका छन् ।

    नवनियुक्त न्यायाधीशहरु मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमक्ष आज पद तथा गोपानीयताको शपथ ग्रहण गरेका हुन् ।

    न्याय परिषद्को सिफारिसका आधारमा उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेका थिए । शपथपछि उनीहरुको आजै इजलास समेत तोकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार