काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन सिमानाका रसुवागढीस्थित मितेरीपुल भाँचिएको छ । आज बिहान करिब ३ बजेतिर गोसाइँकुण्ड गाउँपालिका–२ मा बग्ने भोटेकोशीमा एक्कासी बाढी आउँदा मितेरी पुल बीचबाट भाँचिएर बगाएको हो ।
त्यस्तै टिमुरेस्थित भन्सार यार्डमा राखिएका चारवटा मालबाहक कन्टेनर बाढीले बगाएको छ भने चार्जिङ स्टेशनमा राखिएका आठवटा जति ईभी गाडी पनि बाढीले बगाएको रसुवा प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै भन्सार यार्डमा राखिएका ९ वटा लोड कन्टेनर डिब्बा पनि बाढीले बगाएको छ । बाढीले रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति भएको छ । नदिमा पानीको बहाव अझै बढिरहेकोले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय नागरिकहरुलाई सचेत गराइएको प्रहरीले जनाएको छ ।
त्यहाँ अहिले टिमुरेबाट सशस्त्र प्रहरीका सहायक निरीक्षक प्रकाश पाण्डेको कमाण्डमा २० जनाको टोली खटिएको छ ।
गोसाइँकुण्ड गाउँपालिका २ तातोपानी स्थित पासाङल्हामु राजमार्ग अन्तर्गत स्याफ्रुबेशी- रसुवागढी सडक खण्ड पनि बाढीले कटान गरेको छ । ठाउँठाउँमा पहिरो झरेर सडक अवरुद्ध छ ।
रसुवागढीको भन्सार कार्यालयको यार्डको बाढीमा फसेको २ जना प्रहरी र स्थानीय ७ जना गरी ९ जनालाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् । मंगलवार भक्तपुरमा राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend