Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोशी प्रदेशसभामा ‘श्री ५’ सम्बोधनले विवाद


    सोमबार, असार २३ २०८२
    705
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । कोशी प्रदेशसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद गोपाल बहादुर विश्वकर्माले शून्य समयमा बोल्दै ‘श्री ५ महाराजधिराज’ सम्बोधन प्रयोग गरेपछि विवाद भएको छ ।

    उनले भने, ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवको ७९औँ जन्मजयन्तीको अवसरमा राप्रपा संसदीय दलको तर्फबाट उहाँको सुस्वास्थ्य र दीर्घायुको कामना व्यक्त गर्दछु।’

    यो सम्बोधनप्रति नेकपा (एमाले)का प्रमुख सचेतक विदुर लिङ्थेपले आपत्ति जनाए । उनले भने, ‘सांसदज्यूले ‘श्री ५ ज्ञानेन्द्र’ भन्ने शब्द प्रयोग गर्नुभयो, तर संविधानले उहाँलाई ‘श्री ५’ भनेर चिन्दैन । उहाँ ज्ञानेन्द्र शाह हुनुहुन्छ, तर ‘श्री ५’ होइन । त्यसैले यो शब्द रेकर्डबाट हटाइयोस्।’

    सभामुख अम्बरबहादुर विष्टले रेकर्डबाट हटाउने प्रस्ताव अस्वीकार गर्दै भने, ‘माननीयज्यूको ध्यानाकर्षणप्रति संवेदनशील छौँ । तर, बोल्नै नपाउने भन्ने कुरा संविधानमा छैन । सांसदले बोलेको कुरा जे भए पनि, संविधानअनुसार मात्र कायम हुन्छ ।’

    जवाफमा लिङ्थेपले संविधानको पालना गर्नुपर्नेमा जोड दिएर भने, ‘हामी संविधानभित्रै छौँ र संविधानभित्रै रहनुपर्छ ।’ सभामुख विष्टले ‘संविधानभित्रै रहन्छौँ’ भन्दै जवाफ दिए, तर रेकर्डबाट शब्द हटाउन निर्देशन भने दिएनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार