काठमाडौं। ‘कुलिङ अफ पिरियड’ प्रकरणमा अन्ततः संसदीय छानबिन समिति गठनमा सहमति भएको छ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे पहलमा बसेको कार्य ब्यवस्था समितिको बैठकमा ७ सदस्सीय छानबिन समिति बनाउने सहमति भएको हो ।
प्रतिनिधिसभा नियमावली, २०७५ को नियम (८) बमोजिम ‘संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ गठन गरिएको हो । सो समितिले २१ दिनको समय सिमा पाएको छ ।
सो छानबिन समितिमा दलीय आधारमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २–२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १–१ जना सदस्य रहनेछन् ।
जसअनुसार नेपाली कांग्रेसवाट जीवन परियार र सुशिला थिंग, एमालेवाट सांसद नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती र राप्रपावाट रोशन कार्की तथा माओवादीबाट माधव सापकोटा र रास्वपाबाट गणेश पराजुली रहेका छन् ।
संघीय निजामती सेवा बिधेयकमा सहमति बिपरित ‘कुलिङ अफ पिरियड’ हटाएर संसदमा प्रतिबेदन पेश गरेको भन्दै राज्य ब्यवस्था समितिका सभापति रामहरी खतिवडा र सचिव दुरा माथी छानबिन गर्न माग पछि सो समिति गठन गरिएको हो ।
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापनसहितको टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको अवधिमा विभिन्न घटना तथा दुर्घटना र विपद् जोखिममा परेका...
२०८३ साउन ६ गते बुधबार नेपाल फेस डटकमा प्रकाशित ‘गगन थापाका भित्रियालाई बिराजभक्त र सभामुखले गुठीमै किन रोजे ?’ शीर्षकको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend