काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्विट्जरल्यान्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको उक्त भेटमा दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझ मजबुद बनाउँदै विकासका क्षेत्रमा सहकार्य जारी राख्ने विषयमा छलफल भएको थियो।
मन्त्री क्यासिसले नेपालको विकास, सङ्घीयता सबलीकरण, सङ्क्रमणकालीन न्याय, जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापनका क्षेत्रमा आफ्नो सहयोग निरन्तर रहने बताए।
प्रधानमन्त्री ओलीले नेपालमा लामो समय हिंसात्मक र अस्थिर राजनीति रहे पनि अहिले दुई ठूला दलको सहकार्यमा विकास, सुशासन र लोकतान्त्रिक प्रणालीको रक्षाको ध्येयसहित सरकार बनेकाले स्थितिमा क्रमिक सुधार आएको बताए। उनले नेपालको विकासमा स्विस सरकारको निरन्तर सहयोगका लागि धन्यवाद दिए ।
भेटका अवसरमा नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डा डानियल मेउल्ली, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको उपस्थिति थियो।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend