Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यी चार निर्माण कम्पनी कालोसूचीमा


    सोमबार, असार २३ २०८२
    790
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले समयमै काम पूरा नगर्ने चारवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।

    सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार जिम्मा लिएको काम समयमै पूरा नगर्ने ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो ।

    ग्रिन लिफ प्रा.लि. काठमाडौं, श्री शिवम कन्ट्रक्सन जनकपुर, डि।जी इगल कन्ट्रक्सन एण्ड विल्डर्स प्रा.लि टोखा र थोमस कन्ट्रक्सन एण्ड सप्लायर्सलाई सार्वजनिक खरिद ऐन- २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।

    एक वर्षको लागि कालो सूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार