Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस बैठकमा शशांक कोइरालाको प्रस्ताव: संविधानबाट धर्मनिरपेक्षता हटाऔँ


    आइतबार, असार २२ २०८२
    890
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले संविधानबाट धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राख्न प्रस्ताव गरेका छन्।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकलाई आज (आइतबार)सम्बोधन गर्दै कोइरालाले संविधान संशोधनको काम अघि बढाउनुपर्ने बताएका हुन्।

    उनले संविधानबाट धर्मनिरपेक्षता हटाउनुपर्ने प्रस्ताव गरेका छन्। ‘यो सरकार बनाउँदा नै संविधान संशोधन गर्ने कुरा भएको हो।’पहिलो संशोधन यही होस्- धर्मनिरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता कायम गरौँ।’

    उनले निर्वाचन प्रणाली पनि परिवर्तन गर्नुपर्ने प्रस्ताव गरे। ‘राष्ट्रिय सभामा समानुपातिक प्रणाली लागू गरौं, तर प्रतिनिधिसभा केवल प्रत्यक्ष निर्वाचित प्रणालीमा आधारित होस्,’ उनले थपे।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार