Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पक्राउ परेको एक हप्तामै छुटे काठमाडौं भ्यू टावरका ठेकेदार भेटवाल


    आइतबार, असार २२ २०८२
    890
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेको हप्ता दिनमै छुटेका छन् ।

    करिब १० करोड रुपैयाँको चेक बाउन्स आरोपमा  गत १३ असारमा पक्राउ परेका भेटवाल अदालतले म्याद थप नगरिदिएपछि गत १९ असारमा छुटेका हुन् ।

    १३ असारमा पक्राउ परेका भेटवाललाई सोही दिनबाट गणना हुनेगरी १५ असारमा ६ दिनको म्याद थप गरिएको थियो । उनी पक्राउ परेलगत्तै सुटुक्क अस्पताल भर्ना भएका थिए ।

    अस्पतालबाटै म्याद थपका लागि जिल्ला अदालत काठमाडौं उपस्थित भएका भेटवाललाई सो दिन म्याद थप नगरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार