Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनसरीमा पौडी खेल्ने क्रममा २ बालकको डुबेर मृत्यु


    आइतबार, असार २२ २०८२
    885
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । सुनसरीमा पौडी खेल्न गएका दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिका–१६ को मुरा खोलामा पौडी खेल्ने क्रममा शनिबार दिउँसो डुबेर ९ र ११ वर्षीय बालकको मृत्यु भएको हो ।

    इटहरी–१६ का रमेश खत्रीका ९ वर्षीय छोरा युनिस खत्री र इटहरी–५ का बुद्धि परियारका ११ वर्षीय छोरा हेमबहादुर परियार (बिसु परियार) पौडी खेल्ने क्रममा खोलाको दहमा डुबेका थिए ।

    उद्दार गरी उनीहरुलाई सान्बी सिटी अस्पताल इटहरीमा ल्याए लगतै चिकित्सकले मृत घोषित गरेका थिए ।

    मृतक बालकको शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार