काठमाडौं । भोजपुरको रामप्रसाद राई गाउँपालिका– २ को धोद्लेखानी बोन्थिताङमा एकै परिवारका चार जनाको विभत्स रुपमा हत्या भएको छ । गएराति भोजपुर नगरपालिका–२ हेलाउँछ का ३० वर्षीय राजेन्द्र राईले आफ्नै ससुरालीमा गएर पत्नीसहित उनका माइती पक्षका चार जनाको हत्या गरेका हुन् ।
राजेन्द्रले आफ्नै करिब १५ वर्षीया श्रीमती, १० वर्षीय सालो, ससुरा ६८ वर्षीय बेलबहादुर गिरी र सासू ४५ वर्षीया मञ्जु गिरीको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सबैको हत्या गरेपछि राजेन्द्रले आफैँ प्रहरीलाई फोन गरेर ‘मैले यस्तो गरेँ’ भन्दै जानकारी गराएका थिए । पारिवारिक विवादका कारण एकै परिवारका चार जनाको हत्या गरेको राजेन्द्रले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
स्थानीयहरुका अनुसार राजेन्द्रले एक वर्षअघि मात्रै १४ वर्षीया किशोरीलाई भगाएर विवाह गरेका थिए । तर, शारीरिक तथा मानसिक यातनाको कारण उनी घरमा बस्न सक्ने स्थिती नभएपछि माइत आएर बसेकी थिइन् ।
केही समयपछि नै राजेन्द्र उनलाई लिन ससुराली पुगेका थिए । तर, उनी आफूसँग जान नमानेपछि आवेगमा राजेन्द्रले ससुरा, सासू, श्रीमती र सालोलाई धारिलो हतियारले निर्ममता पूर्वक हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
यो घटना सामान्य पारिवारिक विवादजस्तो देखिए पनि यसको जरा सानै उमेरमै भएको विवाहसँग जोडिएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
सबैको हत्यापछि राईले आफैँमाथि पनि खुकुरी प्रहार गरेका छन् । अवस्था गम्भीर रहेका राजेन्द्रलाई उपचारको लागि जिल्ला अस्पताल भोजपुर लगिएको र घटना सम्बन्धमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend