Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री ओली आज हुम्ला जाँदै


    आइतबार, असार २२ २०८२
    835
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज हुम्ला जाँदैछन् । उनी कर्णाली करिडोरअन्तरगत पर्ने खार्पुनाथ गाउँपालिका–५ को च्वाखोला नदीमा निमार्णिधीन बेलिब्रिज उद्घाटन गर्न हुम्ला जान लागेको उनको सचिवालयले जनाएको छ ।

    पुल उद्घाटनका लागि प्रधानमन्त्री आउने भएपछि पुलको काम तीव्र रुपमा अघि बढाएर सम्पन्न गरिएको छ । प्रधानमन्त्री शर्मा ओेलीसँग भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल पनि सँगै हुम्ला जाने कार्यक्रम रहेको छ ।

    प्रधानमन्त्री ओलीले पुलको उद्घाटन गरेपछि हुम्ला सदरमुकाम औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिने छ । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामात्रै एउटा जिल्ला हो । २६ वर्षदेखि काम भइरहे पनि अहिलेसम्म औपचारिक रुपमा राष्ट्रिय सडक सदरमुकाम सिमिकोटमा जोडिएको थिएन । यो पुल उद्घाटनसँगै हुम्लीवासीको २६ वर्षको प्रतीक्षा पूरा हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार