Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भोजपुरमा एकै परिवारका ४ जनाको विभत्स हत्या, ज्वाइँमाथि आशंका


    आइतबार, असार २२ २०८२
    1000
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका ४ जनाको विभत्स रुपमा हत्या भएको छ ।

    जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले गएराति एकै घरमा चारजनाको हत्या भएको अवस्थामा भेटिएको बताए ।

    उनका अनुसार ६८ वर्षीय बेल बहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरीको हत्या भएको छ ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार ज्वाइँ राजेन्द्र राईले ससुरा बेलबहादुर, सासू मञ्जु, श्रीमती मनिषा र सालो सपनसहित चार जनाको हत्या गरेको हुनसक्ने देखिएको छ । घाइते अवस्थामा भेटिएका राईले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

    घटनास्थलमा घाइते अवस्थामा भेटिएका राजेन्द्रलाई भने जिल्ला अस्पताल भोजपुरमा उपचारका लागि भर्ना गरिएको छ ।

    गएराती करिब १ बजेतिर प्रहरीले घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा प्रहरी परिचालन गरिएको प्रनाउ तिमिल्सिनाले बताए । घटनास्थलमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार