कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक आज बस्दैछ । मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नाउपाको आकस्मिक बैठक बस्न लागेको हो ।
अहिले बिहान १० बजे संसदीय दलको कार्यालयमा बस्ने बैठकले सरकारबारे निर्णय गर्ने संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।
पार्टी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले बिहीबार नै संघ र प्रदेश सरकारबाट नागरिक उन्मुक्ति पार्टी बाहिरिने घोषणा गरिसकेकी छन् । सुदूरपश्चिम प्रदेश संसदीय दलले पनि सोहीअनुसार तयारी गरेको हो । तर, पार्टी केन्द्रको पत्र भने अझै संसदीय दलमा पुगेको छैन ।’
सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको संयुक्त सरकार छ । कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका ७ सांसद छन् । नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिएपछि पनि संघ र प्रदेश सरकार अल्पमतमा भने पर्ने अवस्था छैन ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend