Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • बैंक तथा वित्तीय संस्थाहरूलाई विदेशमा शाखा खोल्न दिनुपर्छः विनोद चौधरी


    बिहिबार, असार १९ २०८२
    815
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बैंक तथा वित्तीय संस्थाहरूलाई विदेशमा शाखा खोल्न दिनुपर्ने बताएका छन्।

    बिहीवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बाफिया विधेयकमा आज भएको दफाबार छलफलमा अहिले बाफियाले त्यसलाई नसमेटेको उनले बताए। त्यसलाई पुनःलेखन गरेर सोसम्बन्धि व्यवस्था राखिनुपर्ने बताए। उनकाअनुसार नेपाली धेरै भन्दा धेरै रहेका ती ठाउँमा बैंकका शाखा खोल्न दिनुपर्छ।

    उनकाअनुसार अहिले वर्तमान अर्थतन्त्रको स्थिति सुस्त छ। बैंकहरूसँग भएको रकम लगानी हुन सकिरहेको छैन। बैंकर्स, उद्योगीको मनोबल बढ्न नसकेको बताउँदै उनले बैंकमा लगानी हुँदैमा उद्योगी, लगानीकर्ताले पैसा लिन्छन् भन्ने भ्रम हटाउनुपर्ने बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार