Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • माधव नेपालविरुद्ध अभिव्यक्ति दिएपछि झाँक्रीलाई सोधियो ३ दिने स्पष्टीकरण


    बुधबार, असार १८ २०८२
    645
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थायी समिति सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ ।

    पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेका अध्यक्ष अध्यक्ष माधव नेपालविरुद्ध सार्वजनिक कार्यक्रमबाटै विस्फोटक अभिव्यक्ति दिएपछि पार्टीले नेतृ झाँक्रीलाई तीन दिने स्पष्टीकरण सोधेको हो ।

    सचिव सोमप्रसाद पाण्डेले अध्यक्षविरुद्ध अभिव्यक्ति दिएपछि पार्टीको अनुशासन आयोगले रामकुमारीलाई तीन दिने स्पष्टीकरण सोधेको जानकारी दिए ।

    बुटवलमा आयोजित युवा संघको प्रशिक्षणमा अध्यक्ष नेपाललाई लक्षित गर्दै झाँक्रीले ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार