Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • ताप्लेजुङमा पहिरोले घर पुरिंदा ४ जना घाइते


    बुधबार, असार १८ २०८२
    875
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • ताप्लेजुङ । सिदिङ्वा गाउँपालिका–३ मा मंगलबार राति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् ।

    स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिंदा उनीसहित उनकी श्रीमती ठगमाया, छोरा जगत् र छोरी सम्झना घाइते भएको स्थानीय मौसम सेलिङले जानकारी दिए ।

    घरमाथिको कुलो थुनिएर पहिरो खस्दा घर पुरिएको हो । कटुवाल परिवारलाई छिमेकीले उद्धार गरेका थिए ।

    घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि पाँचथर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार