काठमडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गजामा युद्धविरामका लागि इजराइल तयार भएको बताएका छन्। आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट लेखेर ट्रम्पले इजराइल गजामा ६० दिनको युद्धविरामका लागि प्रस्तावित सर्तहरुमा सहमत भएको बताएका हुन्।
युद्धविरामका लागि कतार र इजिप्टले पनि पहल गरिरहेको ट्रम्पले बताएका छन्। ती दुई देशले नै युद्धविरामका सर्तहरूलाई अन्तिम रूप दिनेछन्। ट्रम्पले युद्धविरामका लागि हमास पनि सहमत हुने आशा व्यक्त गरेका छन्। ुअब हमास पनि सहमत हुनेछ। किनकी यो राम्रो हुँदैन बरू खराब हुँदै जान्छ,ु ट्रम्पले लेखेका छन्।
इजराइल र हमासबीच युद्धविरामको कैयौं पहल भए पनि टुंगिएको छैन। इजराइलले इरानसँगको युद्धमा हुँदा गजामा अझै सशक्त आक्रमण गरेको थियो भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। १२ दिनको अवधीमा गजामा सैयौं मानिसहरू मारिएका थिए। विश्वको ध्यान इरान-इजराइल तनावमा भएकाले गजामा इसराइलले जमिनबाट सशक्त सैन्य कारबाही चलाएको थियो।
गजामा अझै ५० जनाको हाराहारीमा बन्धकहरू हमासको कब्जामा छन्। तीमध्ये २५ जना मात्रै जिवित रहेको अनुमान छ। बाँकी रहेको बन्धकहरूलाई जिवितै फिर्ता ल्याउन माग गर्दै इसराइलमा सरकारविरूद्ध मानिसहरू सडकमा उत्रिएर आन्दोलन गर्दै आएका छन्।
त्यहाँका जनताहरूले इसराइलले आक्रमणभन्दा वार्तामार्फत जिवित रहेका बन्धक फिर्ता ल्याउने अवस्था बनाउनुपर्ने बताउँदै आएका छन्।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend