Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • कांग्रेस केन्द्रीय कार्यसमिति आज पनि जारी रहने


    बुधबार, असार १८ २०८२
    725
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ। सोमबारदेखि जारी बैठक आज तेस्रो दिन दिउँसो साढे १२ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

    पौडेलका अनुसार हिजोसम्म ३५ केन्द्रीय पदाधिकारी र सदस्यले आ–आफ्ना धारणा राखि सकेका छन्। आज बाँकी सदस्यले धारणा राख्नेछन्।हिजो अधिकांश सदस्यले सरकारको कार्यशैली र एमालेसँगको सत्ता सहकार्यबारे कैयन प्रश्न उठाएका थिए। यस्तै पार्टीमा महाधिवेशनको मुद्दा झन पेचिलो बन्दै गएको छ।

    अधिकांश सदस्यहरुले २०८२ सालभित्र निर्धारित समयमै १५ औँ महाधिवेशनको सुनिश्चितता खोजेका छन्। संस्थापन इतर पक्षका नेताहरुले महाधिवेशन कहिले हुने भन्नेबारेमा अन्यौल रहेका भन्दै पदाधिकारीहरुको जवाफ मागेका छन्।

    बैठकमा १०० दिने अभियानका प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन र प्रतिष्ठानको प्रतिवेदन, अनुशासन समितिको प्रतिवेदन, क्रियाशील सदस्यता नवीकरण प्रगति विवरण, भ्रातृ संस्थाबारे छलफल भइरहेको छ।

    यस्तै संसद् तथा सरकारमा पार्टीको भूमिका र समसामयिक विषयमा पनि धारणा राख्ने क्रम चलिरहेको मुख्य सचिव पौडेलले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार