काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघीय निजामती सेवा विधेयकको मूल संरचनामै हेरफेर गरेर प्रतिनिधिसभामा पेश गर्नु ‘सुनियोजित अपराध’ भएको बताएका छन् ।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत कडा प्रतिवाद जनाउँदै लोकतन्त्र, सांसद र जनप्रतिनिधि संस्थाको योभन्दा ठूलो अपमान र अवमूल्यन अरू के हुन सक्छ भन्दै आक्रोश पोखेका छन् ।
“हद भयो। सिमा पार गर्यो । लोकतन्त्र र जनप्रतिनिधि संस्था सांसदको यो भन्दा अवमूल्यन, अपमान र उपहास अरु के हुन्छ?” श्रेष्ठले लेखेका छन्, “त्यसर्थ राज्यव्यवस्था समितिले पारित गरेको संघीय निजामती विधेयकलाई प्रतिनिधिसभामा हेरफेर गरेर पेश गर्ने दुशकार्यको जिम्मेवार जो सुकै भए पनि कडा भन्दा कडा कारबाही हुनुपर्छ ।”
विशेषगरी ‘कुलिङ पिरियड’ जस्तो गम्भीर र लामो समयदेखि बहस भएको प्रावधान हटाइएकोप्रति उनले गम्भीर आपत्ति जनाएका छन्। “यो कमजोरी होइन, सुनियोजित अपराध हो,” उनले स्पष्ट लेखेका छन् ।
राज्यव्यवस्था तथा सुशासन समितिले विस्तृत छलफलपछि पारित गरेको विधेयकमा राजनीतिक नियुक्ति पाएका व्यक्तिहरूलाई केही समयसम्म सरकारी सेवामा प्रवेश निषेध गर्ने (कुलिङ पिरियड) प्रावधान राखिएको थियो। तर प्रतिनिधिसभामा पेश गर्दा उक्त प्रावधान हटाइएको छ ।
श्रेष्ठले यस्तो हेरफेर जनताप्रति धोका र लोकतान्त्रिक प्रक्रियामाथिको घात हो भनेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend