काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय बाबु शिवाकोटीले निजामती सेवा विधेयकमा गरिएको छेडखानीप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले प्रतिनिधिसभाबाट दुई वर्षे कुलिङ पिरियडको स्पष्ट व्यवस्था सहित पारित भइसकेपछि त्यसको मर्म विपरीत विधेयकमा गरिएको छेडखानीलाई ‘संसदको अपमान’ भनेका छन्।
मङ्गलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा धारणा राख्दै शिवाकोटीले केही व्यक्तिको साँघुरो स्वार्थका लागि विधेयकमा तोडमोड गरिएको आरोप लगाए। “लोकतान्त्रिक विधि र संसदप्रतिको विश्वासमाथि ठाडो प्रहार भएको छ,” उनले लेखेका छन्।
शिवाकोटीले विधेयकको मर्म विपरीत छलछाम गरी संसदलाई गुमराहमा राखिएको भन्दै यस्तो कार्य नागरिकको विश्वासमाथिको धोका भएको टिप्पणी गरेका छन्। ‘संसदलाई बुख्याचा बनाउने यस्ता चलखेल अब सह्य छैन’, भन्दै उनले तत्काल संसदीय छानबिनको माग गरेका छन्।
उनले संसदमा पारित विधेयकमा कसको निर्देशनमा, कुन प्रक्रियाबाट र किन छेडखानी भयो भन्नेबारे छानबिन गरी संलग्न सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने मागसमेत गरेका छन्। ‘संसदीय प्रणालीको रक्षा गर्न आजैबाट संसदको निर्णय उल्ट्याउने प्रवृत्तिलाई रोकिनुपर्छ’, शिवाकोटीले भनेका छन्।
निजामती सेवा ऐनमा रहेको कुलिङ पिरियड हटाइएकोप्रति व्यापक विरोध भइरहेका बेला कांग्रेस नेताको यो धारणा सार्वजनिक रूपमा आएको हो।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend