काठमाडौं। सामाजिक सञ्जालमा दुर्ब्याबहार भोगिरहेका दुई गायिकाले गृह मन्त्री रमेश लेखकसँग भेटघाट गरेका छन् । गृह मन्त्रालय पुगेर गायिका एलिना चौहान र समिक्षा अधिकारीले गृहमन्त्री लेखकसँग भेटेर आफुहरुले भोगिरहेको समस्याबारे ध्यानाकर्षण गराएका हुन् ।
पछिल्लो समयमा आफु माथी सामाजिक सञ्जालवाट हिंसा गर्नेहरूको नाम सार्बजनिक गर्दै आएका गायिकाद्दय चौहान र अधिकारीले भेटघाट गरेर आफ्नो समस्या सुनाएका हुन् ।
गायिक चौहानले सो भेट पछि सामाजिक सञ्जालमा लेखेकी छिन, ‘म यहाँसम्म तपाईंहरूको माया र साथले आइपुगेकी हुँ। तपाईंहरूको समर्थन नै मेरो आत्मबल हो। तर सबैले सधैं राम्रै सोचून् भन्ने अपेक्षा गर्न सकिन्न, त्यो स्वाभाविक हो। तर जब कुराहरू व्यक्तिगत जीवनमा आच पुर्याउने तहमा पुग्छन्, गालीगलौज र चरित्र हत्या जस्ता कार्यहरू भइरहन्छन्, त्यो सह्य हुँदैन।’
जसले यस्ता कुरा गरिरहेका छन्, ती मेरो फ्यान होइनन्- ती त मेरो मन दुखाउन चाहने मात्र हुन्। त्यसैले आत्म९सम्मानको रक्षा गर्न बाध्य भई मैले कानुनी प्रक्रिया अघि बढाएकी छु। यो कुनै रिस वा घृणाले होइन, आफ्नो अस्तित्वको सुरक्षा गर्ने अधिकारले उठाइएको कदम हो।
यस विषयमा आवश्यक सहयोग प्रदान गर्नु भएकोमा माननीय गृहमन्त्री श्री रमेश लेखकज्यूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईंहरूको साथ र सद्भावनाले मलाई अझ अघि बढ्ने हिम्मत दिएको छ।
हिजो मात्रै नेपाल प्रहरीको साइबर ब्युरो पुगेर ४ जना ‘हिंस्रक’ बिरूद्द उजुरी गरेको जानकारी गराउँदै चौहानले आफ्नो निवेदन अनुसार अबिलम्ब कारबाही गर्न पनि माग गरेकी छिन् । उनीहरूले आफ्नो सामाजिक सञ्जालमा आएर जथाभावी लेख्ने, अश्लिल गाली गलौंज गर्ने बिरूद्द पनि कारबाही गर्न माग गरेको जनाइएको छ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend