काठमाडौं । अमेरिकी राजदूत र्यान्डी बेरीले सोमबार बेलुकी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । बूढानीलकण्ठस्थित देउवा निवासमा उनीहरूबीच अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेन प्रशासनको प्राथमिकताबारे छलफल भएको थियो । बेरीले बाइडेन प्रशासनका प्राथमिकताबारे देउवालाई जानकारी गराएका थिए ।
बाइडेनले कार्यभार सम्हालेयता अमेरिकाले लोकतन्त्रलाई सुदृढ पार्ने, जलवायु परिवर्तनका विरुद्ध लड्ने र विश्वभर महिलाअधिकारको उत्थान गर्ने विषयमा प्रतिबद्धता जनाइरहेका छन् । जसलाई राजदूत बेरीले ओली, दाहाल र देउवासँगको भेटवार्तामा पनि दोहोर्याएका थिए ।
देउवासँगको भेटपछि आफ्नो ट्विटमा बेरीले नयाँ राष्ट्रपतिका प्रशासनको विश्व प्राथमिकताबारे छलफल गर्न आफूले नेपाल सरकार र राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गरिरहेको उल्लेख गरेका छन् । बेरीले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग पनि भेटवार्ता गरेका थिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend