काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शान्तिसिंह थापा र न्यायपरिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको सुनुवाइ गरेको छ ।
सिंहदरवारमा सोमबार बसेको समिति बैठकले दुई जनाको सुनुवाइ गरेको हो । आइतबार सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश मेघराज पोखरेल र श्रीकान्त पौडेलको संसदीय सुनुवाइ गरिएको थियो ।
प्रस्तावित सबैको सुनुवाइ भए पनि समितिबाट अनुमोदनबारे भने सोमबार निर्णय हुन सकेन । समिति सभापति ईश्वरीदेवी न्यौपाने प्रस्तावित व्यक्तिमाथिको छलफल बाँकी रहेको र समिति सदस्यहरूको कार्यव्यस्ताका कारण अर्को बैठकबाट आवश्यक निर्णय लिइने बताइन् ।
त्यसअघि बैठकमा समिति सदस्यहरूले प्रस्तावित न्यायाधीश शान्तिसिंह थापालाई भावी कार्ययोजनाबारे प्रश्न गरेका थिए । थापाले न्यायपालिका, व्यवस्थापिका, कार्यपालिकालाई संविधानले नै सीमारेखा कोरिदिएकाले हस्तक्षेप गर्न नपाइने बताइन् ।
हस्तक्षेप गर्न नपाउने नाममा स्वेच्छाचारिता भए चेक एण्ड ब्यालेन्सको सिद्धान्तलाई प्रयोग गर्नुपर्ने उनको तर्क थियो । थापाले संविधान, ऐन कानूनको दायरामा रहेर शक्ति पृथकीकरणको सिद्धान्तका आधारमा काम गर्न आफू सचेत रहेको बताएकी थिइन् ।
त्यस्तै न्यायपरिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालले आफूले गम्भीर भएर पदीय जिम्मेवारीलाई संविधानप्रति पूर्ण जिम्मेवार रही स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको सुदृढीकरणमा प्रयत्नशील रहने बताए ।
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापनसहितको टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको अवधिमा विभिन्न घटना तथा दुर्घटना र विपद् जोखिममा परेका...
२०८३ साउन ६ गते बुधबार नेपाल फेस डटकमा प्रकाशित ‘गगन थापाका भित्रियालाई बिराजभक्त र सभामुखले गुठीमै किन रोजे ?’ शीर्षकको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend