Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विधेयकको अवस्थाबारे सभामुखले समितिका सभापतिसँग छलफल गर्दै


    सोमबार, असार १६ २०८२
    685
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरूलाई सामुहिक छलफलमा बोलाएका छन्।

    आज दिउँसो २ः०० बजे समितिका सभापतिहरूसँग संघीय संसद भवन, नयाँ बानेश्वरमा सभामुखले छलफलका लागि बोलाएका हुन ।

    छलफलमा समितिमा रहेका विधेयकको अवस्थाबारे छलफल हुने सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

    ‘सभामुखले २ः०० बजे समिति सभापतिहरूसँग शंकर हल, नयाँ बानेश्वरमा छलफल गर्दै हुनुहुन्छ, आजको छलफलको विषय रहेको छ–विधेयकको अवस्था लगायत ।’ उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार