मुकेशकुमार यादव
सिरहा । प्रादेशिक अस्पताल सिरहामा डाक्टरको लापरबाहीका कारण एकजना बालकको मृत्यु भएको छ।
उपचारका लागि गएका सिरहा नगरपालिका ६ बस्पिट्टाका १० वर्षीय राजन महराको मृत्यु भएको हो ।
डाक्टरकै लापरबाहीले मृत्यु भएको भन्दै उनका परिवार र आफन्तजनले अस्पताल घेराउ गरेका छन् ।
बालकको मृत्युपछि आक्रोशित बनेका आफन्तले चिकित्सकको लापरवाहीका कारण ज्यान गएको आरोप लगाउँदै प्रादेशिक अस्पतालमा होहल्ला तथा तालाबन्दी समेत गरेका हुन् ।
उनीहरुले अस्पताल प्रशासनसँग न्यायको माग गर्दै लामो समयसम्म नाराबाजी गरेका थिए ।
राजन महरालाई लामो समय देखि ज्वरो लागेर उपचारको लागि अस्पताल पुर्याइएको थियो तर चिकित्सकले समयमा उचित उपचार नगरेकै कारण महराको मृत्यु भएको परिवारजनको आरोप छ ।
`समयमै डाक्टर आएर उपचार गरेको भए हाम्रो बच्चा बच्थ्यो, `मृतकका एक आफन्तले भने, ´ `घण्टौंसम्म डाक्टर नआएपछि हामी आफै भित्र गयौं, त्यतिबेला सम्म बच्चाको अवस्था एकदमै गम्भीर भइसकेको थियो ।´
मृतक बालकको शव हाल पनि अस्पतालमै राखिएको छ।
घटनास्थलमा प्रहरी परिचालन गरिएको छ। अस्पताल प्रशासनले घटनाबारे छानबिन भइरहेको जनाएको छ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् । मंगलवार भक्तपुरमा राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend